image
image

कर्णालीको पर्यटनले लय समाउँदै

काठमाडौँ, २०, कात्तिक । कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा पर्यटक भित्र्याउने उद्देश्यले दुई वर्षअघि ‘भ्रमण वर्ष’ अभियान चलाएको थियो । तर, कोरोना महामारीका कारण अभियानले सार्थकता पाएको थिएन । निकै महत्त्वाकांक्षी अभियान उद्घाटनमै सीमित बन्दा यस क्षेत्रका पर्यटन व्यवसायी निरास बनेका थिए । साथै सरकारले बनाएको योजना फेल हुँदा दुई वर्षसम्म कर्णाली सुनसान बन्यो । अभियानले सन् २०२० भित्र प्रदेशमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो ।

नेपाल राष्ट्र बैंकको प्रथम अर्धवार्षिक अध्ययन प्रतिवेदनले यहाँको पर्यटन व्यवसाय निकै खस्किएको औंल्याएको छ । केही महिना पहिले सार्वजनिक भएको आर्थिक वर्ष २०७७र०७८ को प्रादेशिक अध्ययन प्रतिवेदनअनुसार पनि कर्णालीमा पर्यटक आगमन ९४।४६ प्रतिशतले घटेको उल्लेख थियो । 

पर्यटकीय चहलपहल घटेसँगै प्रदेशमा स्तरीय होटल तथा लज पनि पलायन हुन थालेका थिए । सिंगो व्यवसाय नै ६।४३ प्रतिशतले घटेको प्रतिवेदनमा जनाइएको छ । अधिकांश समय लकडाउन हुँदा पर्यटकको आगमनमा कमी आएको हो । 

यसै पनि कमै चहलपहल हुने कर्णालीका पर्यटकीय स्थानहरू कोरोनाका कारण थप थला परे । सबैभन्दा बढी मारमा होेटल व्यवसायी परे । तर केही समययता यस क्षेत्रका पर्यटकीय स्थलमा चहलपहल देखिन थालेको छ । कोरोना संक्रमणदरमा कमी आएपछि पर्यटकीय गतिविधि बढ्न थालेका हुन् ।

कर्णालीमा कोरोना संक्रमण १० प्रतिशतभन्दा कम 

कर्णाली प्रदेशमा अहिले कोरोना संक्रमणदर १० प्रतिशतभन्दा तल झरेको छ । जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार जिल्लामा अहिले दैनिक २५ जनाभन्दा कम मात्रै सक्रिय संक्रमित छन् । कार्यालय प्रमुख चेतननिधि वाग्लेले संक्रमणको जोखिम भने कायमै रहेको बताए । कोरोनाविरुद्धको खोप अभियानले नागरिकमा त्रास हटाउँदै लगेपछि सबै क्षेत्र सहज बन्दै गएका छन् । सुर्खेतमा हालसम्म खोपको लक्षित समूहमध्ये ५१ प्रतिशतले पहिलो मात्रा र ४३ प्रतिशतले दोस्रो मात्रा पाइसकेका छन् ।

पर्यटन व्यवसायी चिन्तामणि शर्मा पनि सहज वातावरण बनेसँगै पर्यटकीय गतिविधि बढ्न थालेको बताउँछन् । बाह्य पर्यटक कमै भए पनि आन्तरिक पर्यटक घुमफिरमा निस्कन थालेको उनको अनुभव छ । होटल व्यवसाय समेत सञ्चालन गर्दै आएका शर्मा भन्छन्, ‘तुलनात्मक रूपमा पहिलेभन्दा चहलपहल बढेको छ । पर्यटन र होटल व्यवसाय विस्तारै लयमा फर्कँदै छन् ।’ 

होटलमा बस्न आउने पर्यटकहरूको संख्यामा वृद्धि भएको उनले जनाए । ‘कोरोना त्रास कम हुँदै जाँदा संघ(संस्थाहरूले होटलमा कार्यक्रम गर्न थालेका छन् । पहिलेभन्दा २० प्रतिशतले कारोबार बढेको छ,’ उनले भने ।

होटेल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले थला परेको व्यवसायले विस्तारै गति लिन थालेको बताए । उनी भन्छन्, ‘अहिले केही राम्रो हुँदै गएको छ ।’  

वीरेन्द्रनगर(१० नयाँ गाउँस्थित थारु होमस्टे सञ्चालन गर्दै आएका जीतबहादुर चौधरीले कारोबार बढ्दै गएको जनाए । ‘आजभोलि दैनिक ७०–७५ जनाभन्दा बढी ग्राहक आउने गरेका छन्,’ दुई वर्षदेखि होमस्टे व्यवसाय गरेका उनले भने, ‘गएको एक वर्ष त पूरै व्यापार ठप्पै भयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।