image
image

दिदीबहिनी र दाजुभाइबीच सम्बन्ध गाढा बनाउने ‘भाइटीका’का कथाहरू

काठमाडौँ, २०, कात्तिक। भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउने पर्व हो । यो पर्वलाई विश्वमै सुन्दर पर्वका रूपमा हेरिन थालिएको छ ।

यो पर्व कहिलेदेखि सुरु भयो होला भनी यकिनका साथ भन्न सकिन्न । तर, यसबारे विभिन्न प्रचलित लोककथा तथा पौराणिक कथा रहेकाले यसलाई निकै पुरानो मान्न सकिन्छ ।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार, यमपञ्चकको पाँचौँ दिन अर्थात् भाइटीकाको दिन यमुनाले आफ्ना भाइ यमराजलाई ‘भाइपूजा’ गरेको अनुश्रुति छ । जोशी आफ्नो पुस्तक नेपाली चाडपर्वमा लेख्छन्, ‘एकचोटि यमुनाले भाइकहाँ भेट गर्न जाँदा यसो भनिन्, ‘भाइ १ तिमी जहिले पनि काममा व्यस्त छौ । एक दिन मेरो घरमा खाना खान त आऊ ।’

दिदीको धेरैपटकको अनुरोधपछि एक दिन यमराज दिदी यमुनाका घर पुगे । भाइ आउनेबित्तिकै हर्षित भई भाइको ठूलो स्वागतसत्कार गरी भोजन गराइन् । त्यो दिन यमराज यति खुसी भए कि उनले दिदीलाई अनेक उपहार दिँदै भने, ‘दिदी, मसँग अरु थोक जे चाहिन्छ, त्यो माग्नुस् ।’

भाइले देखाएको माया र आत्मीयताबाट प्रभावित भएकी यमुनाले भनिन्, ‘भाइ आजको यो कात्तिक शुक्ल द्वितीयाको दिनको नाम नै यमद्वितीया होस् । आजका दिन जसरी मैले तिम्रो स्वागत सत्कार गर्न पाएँ, तिमीलाई भोजन गराउन पाएँ, यो परम्परा अरु दिदीबहिनीका लागि पनि कायम रहोस् ।’

यमले ‘तथास्तु’ भने । यसरी भाइटीकाको परम्परा कायम भयो ।

संस्कृतिविद् चुन्दा बज्राचार्यका अनुसार, विभिन्न वंशावलीमा यमराजले आफ्नो काम छोडी आफ्नी बहिनी यमुनाको घरमा पाँच दिन बस्न आएकाले उनको यो पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने उल्लेख गरेको पाइन्छ । त्यसो भएकाले यी पाँच दिनसम्म यमराजले कसैलाई लिन आउँदैनन् भन्ने चलन छ ।

उनका अनुसार, भाइटीकाबारे एउटा कथा यस्तो छ । पहिले कुनै समयमा कात्तिक शुक्ल द्वितीयाको दिन मनुष्यहरूले पनि भाइटीका गरी, भोजन खुवाई रमाइलो गर्न सकून् भनी यमुनाले यमराजसँग निवेदन गरिन् । यमराजले ‘तथास्तु’ भनी वर दिए । त्यसपछि यस पूजाको परम्परा अगाडि बढ्यो । उक्त दिन यमुनाले यमराजलाई पूजा गरेझैं मानिसहरूले पनि भाइपूजा गर्ने परम्परा चलेको हो ।

बज्राचार्यका अनुसार, भाइटीकाबारे समाजमा अर्को पनि एउटा लोककथा प्रचलित छ । यमराज आयु सकिन आँटेका एकजना भाइलाई लिन आएका थिए । त्यसबेला दिदीले ती आयु सकिएका भाइलाई पूजा गर्न आँटेकी थिइन् । दिदीले यमराजसँग बिन्ती गरिन्, ‘भाइटीका गरिसकेपछि मण्डपको तेल नसुकेसम्म, ओखर पानीमा भिजाएर बोट नउम्रेसम्म र सुपारीफूलको माला नसुकेसम्म मेरो भाइलाई नलैजानू ।’ भाइ सँगसँगै यमराज र उनीसँग आएका दूतहरूलाई समेत पूजा गरिदिएकाले यमराज खुसी भई उनका भाइलाई छाडेर जान्छन् । यस किसिमले दिदीले भाइको लामो आयुको कामना गर्दै मृत्युबाट मुक्त गरिन् भन्ने लोककथा पाइन्छ ।

बज्राचार्य भन्छिन्, ‘भाइटीकाबारे जेसुकै व्याख्या भए पनि दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै पूजा गर्दै आएका हुन् ।’

सांस्कृतिक र पारिवारिक महत्त्व

समाजशास्त्री मीना उप्रेतीका अनुसार, भाइटीकालाई विभिन्न कोणबाट हेर्न सकिन्छ । १० सांस्कृतिक पाटो। जुन धर्म–संस्कार, परम्परासँग सम्बन्धित छ । २० पारिवारिक पाटो– जसमा पारिवारिक सम्बन्धको महत्त्व र भूमिका छ । हामी हरेक चाडपर्वमा परिवार मिलेर मनाउँछौँ । केही चाडबाड परिवारका सदस्यसँग सम्बन्धित छ । जस्तो ः दशैंमा ठूलाबडासँग आशीर्वाद लिन्छौं । तिहारमा दिदीबहिनीबाट भाइटीका गरिन्छ । आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने, तीज आदि ।

उनी भन्छिन्, ‘यसरी तिहार ९विशेषतः भाइटीका०को सांस्कृतिक र पारिवारिक महत्त्व छ । भाइटीका र दिदी बहिनीको के सम्बन्ध छ भने, पुराना पुस्तामा छोरीहरू विवाह गरेर धेरै टाढा जान्थे । उनीहरू आउने बाटो खुला गरिएको मान्यता छ । साथै, दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध, मिलन, मायाममताका लागि यो पर्वको विशेष महत्त्व छ ।’

भाइटीका एउटै रक्त सम्बन्धबाट जोडिएका व्यक्ति बसेर मनाइने चाड भएकाले यसको छुट्टै सामाजिक महत्त्व रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।