जुवाखालबाट समातिए वडाध्यक्ष र सरकारी कर्मचारी
काठमाडौँ, १९, कात्तिक । रुकुम पश्चिममा एक जना वडाध्यक्षसहित पाँच जुवाडे पक्राउ परेका छन्। मुसिकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसी बिहीबार जुवाखालबाट पक्राउ परेका हुन्।
उनीसँगै ४३ वर्षीय उत्तम खड्का, ३१ वर्षीय तोयाराम वली, ३३ वर्षीय युगल पुन र ३४ वर्षीय कमल बुढालाई पनि प्रहरीले पक्राउ गरेको छ। ४० वर्षीय केसी नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्। पक्राउ परेका वली सरकारी कर्मचारी हुन्।
उनीहरूको साथबाट जुवा खेल्न प्रयोग गरिएको कौडा र एक लाख आठ हजार दुई सय ९० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठ श्रेष्ठले जानकारी दिए।
गोप्य सूचनाको आधारमा मुसिकोट नगरपालिका–१ मठस्थित उत्तम खड्काको घरमा राति साढे ११ बजे छापा हान्दा वडाध्यक्ष केसीसहित पाँच जना जुवाको खालबाट पक्राउ परेको डिएसपी श्रेष्ठले जानकारी दिए। पक्राउ परेकाहरूलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कानुनी कारबाही सुरू गरिने डिएसपी श्रेष्ठले बताए।