image
image

सुर्खेतमा जिप दुर्घटना, चालकको मृत्यु

काठमाडौँ, १८, कात्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ मा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका १३ बस्ने २९ वर्षीय राजु वि।क रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दाङबाट सुर्खेततर्फ जाँदै गरेको रा १ च १३१० नम्बरको जिप आज बिहान सवा ५ बजे दुर्घटना भएको हो । जिपमा चालक र परिचालक मात्रै रहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका परिचालक उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।