image
image

पाल्पाको सत्यवती ताल पर्यटकीय गन्तव्य बन्दै

काठमाडौँ, १८, कात्तिक । पाल्पाको सत्यवती ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक, धार्मिक तथा जैविक विविधताले भरिएको सत्यवती ताल लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेकाले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार तालको विविधता संरक्षणमा जुटेका छन् ।पाल्पाको ऐतिहासिक, धार्मिक तथा जैविक विविधताले भरिएको सत्यवती ताल लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेकोले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार यसको संरक्षणमा जुटेका छन् ।

एक हजार चार सय मिटर उचाईमा रहेको सत्यवती तालको स्तरउन्नतीको काम भइरहेको छ । तिनाउ गाउँपालिका– ४ मा रहेको तालको एतिहासिक तथा पुरातात्विक महत्वलाई जोडेर ताल तथा मन्दिरको गुरुयोजना निर्माण गरी संरक्षणको काम भइरहेको छ । ताल क्षेत्रबाट तराई, पहाड र हिमालका दृश्यहरु देखिने भएकोले धर्मका साथै जैविक विविधताको अवलोकन गर्न वार्षिक ३ देखि ४ लाखसम्म पर्यटकहरु यहाँ पुग्ने गरेको तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिमगरले बताउनुभयो ।

तालको सरसफाई, ताल वरपरी घुम्ने फराकिलो बाटो, रेलिङ, बाढी पहिरो रोक्न रिटेनिङवाल लगायतका पुर्वाधारको काम गरिएको छ । संघिय सरकार, लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले करीव १ करोड रुपैयाँमा तालसंगै मन्दिर परिसरको पूर्वाधारहरू निर्माण गरिरहेको हो । स्वच्छ र सुन्दर वातावरण भएका कारण यहाँ सबै धर्मका पर्यटकहरु आउने गरेको तिनाउ गाउँपालिका–४ का वडा अध्यक्ष दान बहादुर गाँहा बताउँनुहुन्छ ।

तालको पश्चिम तर्फ सत्यवती बाजे बजैंको आर्कषण मन्दिर रहेको छ । मन्दिरमा पुर्णिमा, पञ्चमी तिथिमा बढी भीड हुने गर्दछ । मुख्यतया सन्तान नहुने दम्पत्तीहरु सत्यवती बजैको दर्शन गर्न आउने र सन्तान प्राप्त हुने जनविश्वास रहेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चर्तुदशी र पूर्णिमामा लाखौ भक्तजनहरु सत्यवती बजैको दर्शन गर्न पुग्ने गर्दछन । सत्यवती बज्यैले कानले नसुन्ने भएकाले चिच्चाएर वर माग्ने चलन रहेको सत्यवती मन्दिरका पुजारी सुनवीर गाँहाको भनाइ छ ।

सत्यवती मन्दिरमा मेला पर्वहरुमा मात्र हुने पुजाआजा अहिले दैनिक रुपमा हुँदै आएको छ । पर्यटकका लागि गाउँमा होमस्टे संचालन भएका छन् भने सत्यवती ताल तथा मन्दिरमा जाने भक्तजनका लागि सत्यवती केवलकार दर्शन प्रा।लिले सिद्धार्थ राजमार्गको चौबीस माइलदेखि सत्यवतीसम्म केवलकार सञ्चालनमा ल्याउन जुटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।