image
image

वैदेशिक रोजगार कार्यालयका सुब्बा घुससहित पक्राउ

काठमाडौँ, १८, कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक नायव सुब्बालाई पक्राउ गरेको छ । आयोगले ताहचलस्थित वैदेशिक रोजगार कार्यालयका नायव सुब्बा दुर्गाप्रसाद पोखरेललाई २१ हजार घुससहित पक्राउ गरेको हो । 

पोख्रेलले विभागमा श्रम स्वीकृति बनाउन आएका सेवाग्राहीबाट सो रकम लिएका हुन् । उनले सेवाग्राहीलाई आलटाल गरी अनलाइन फारम भर्न विचौलियासँग जानुपर्ने बाध्यता देखाएको बताइएको छ। पोख्रेलले बिचौलियाको काम गर्ने खेमप्रसाद काफ्लेमार्फत २१ हजार रुपयाँ घुस लिएका थिए ।

नायव सुब्बा पाख्रेल र बिचौलिया काफ्लेले सेवाग्राहीबाट सो रकम लिएको उजुरीका आधारमा आयोगले उनीहरुलाई बुधबार सोल्लीमोडबाट पक्राउ गरेको हो । आयोगले उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।