image
image

बजारमा मालाको भाउ छोइनसक्नु, चार गुणासम्म बढीमा खरीद बिक्री

काठमाडौँ, १८, कात्तिक । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै उपत्यकाको चोक चोकमा फुलका मालाको बजार लागेको छ । यस वर्ष बेमौसमी वर्षाको काराण फुल उत्पादनमा असार परेकोले फुलको भाउ आकासिएको छ । यो वर्ष तिहारमा मालाको मूल्यले आकाश छोएको छ । मूल्य नियन्त्रण कायम गर्ने सम्बन्धित निकायले चासो नदिँदा बजारमा मूल्य गत वर्षको तुलनामा चार गुणासम्म वृद्धि भएको हो ।

फ्लोरिकल्चर एशोसिएन नेपाल (फ्यान) ले केही दिन अघि काठमाण्डौंमा एक कार्यक्रम आयोजना गरी सयपत्री फूलको मालाको मूल्य प्रतिमिटर ५५ रुपैयाँ र मखमली फूलको मालाको मूल्य ३५ रुपैयाँ निर्धारण गरिएको जानकारी दिएको थियो ।  तर मौकामा चौका मार्न हिसाबले बजारमा माला व्यापारीहरुको मनपरी मूल्य चल्न थालेको छ । उपत्यकाका विभिन्न स्थानका व्यापारीहरुले एशोसिएनले तोकेको मूल्यभन्दा चार गुणासम्म बढी मूल्य राखेर माला बिक्री गरिरहेका छन् ।

परपुर्वा काल देखि चलि आएको चलन तिहरमा भाइहरुको लामो आयु र जिवन मखमली फुल जस्तो नओइलाउने राम्रो होस् भनेर भाइटिकामा लगाइने मखमली  माला अत्यावश्यक हुनाले आम उपभोक्ता चर्को शूल्क तिरेर पनि माला किन्न बाध्य भएका छन् । तर सम्बन्धीत निकायको ध्यान न त मूल्य वृद्धितर्फ गएको छ न त बजार अनुगमनमा र कारबाहीमा नै ।  

तिहार सुरु भएसँगै बुधबार काठमाण्डौमा असन, इन्द्रचोक, रत्नपार्क, न्यूरोड, बानेश्वर, कोटेश्वर, जडिबुटी लगायत मुख्य क्षेत्रहरुमा अहिले ठेला देखि जुक्ता चप्पल पसलहरुमा पनि सयपत्री तथा मखमली फुलका मालाहरु बिक्रीका लागि राखिएका छन् । तर मूल्य भने पोहोरको भन्दा न्यूनतम पनि दोब्बर छ भने अधिकतम चार गुणासम्म बढी असुलेर बिक्री भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।