सेवाग्राहीसँग घुस लिएको आरोपमा २ जना पक्राउ
काठमाडौँ। सेवाग्राहीसँग छ लाख घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनालाई पक्राउ गरेको छ । आयोगले मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई पक्राउ गरेको हो ।
उनीहरुले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गरिदिने भन्दै घुस मागेको पाइएको छ ।
आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले छ लाख घुस लिइरहेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित जर्गा होटलबाट पक्राउ गरिएको हो ।
उनीहरूलाई आयोगले शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले शनिबार सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए । आरोपीद्वयको अझै अनुसन्धान जारी रहेको आयोगको भनाइ छ ।