image
image

अर्नाद्वारा दर्जनौं बिघाको धानबाली नष्ट

काठमाडौँ १७ कात्तिक । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको एक समूहले सप्तरीको कञ्चनरुप नगरपालिका–४ का दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ ।सो जङ्गली अर्नाको समूहले जिल्लाको कञ्चनरुप नगरपालिका–४ मा किसानले सयौं बिघामा लगाएको धानबाली नष्ट गरेको स्थानीयवासी किशोर पासवानले जानकारी दिए ।

दैनिक १०÷१५ वटा सङ्ख्यामा आउने गरेको अर्नाको समूहले स्थानीय छुतहर पासवानको पाँच कठ्ठा, चेत नारायण चौधरीको दुई कठ्ठा, मुसहरु पासवानको पाँच कठ्ठा, प्रभुलाल पासवानको पाँच कठ्ठा, रामगुलाम पासवानको तीन कठ्ठा खेतमा लगाइएको धानबाली कुल्चिएर नष्ट गरेको पासवानको भनाइ छ ।

त्यस्तै, रामअवतार पासवानको तीन कठ्ठा, मुन्नादेवी पासवानको दुई कठ्ठा, श्रीलाल पासवानको दुई कठ्ठा, रामप्रसाद मण्डलको चार कठ्ठा गरी दर्जनौं किसानले लगाएको धानबालीमा समेत जङ्गली अर्नाको समूहले खाएर क्षति गरेको पीडित किसानले बताएका छन् ।

यसरी कडा मिहेनत र परिश्रम गरेर लगाइएको धानबालीमा हात्तीले आएर क्षति पु¥याएपछि किसान चिन्तित भएको स्थानीयवासीको भनाइ छ ।केही दिनयता सो क्षेत्रमा दैनिक कोसी टप्पु वन्यजन्तु आरक्षबाट अर्ना आएर आतङ्क मच्चाउँदा पनि स्थानीय प्रशासन मौन रहेको स्थानीयवासीले आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।