आज निको हुने भन्दा संक्रमित बढी, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ १७ कात्तिक ।आज नेपालमा कोरोना भाइरसका ४ सय ४७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ८ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ४ सय ३९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९३ हजार २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय ९५ र एन्टिजेन विधिबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १३ हजार ४ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो मृत्युदर १ दशमलव ४ प्रतिशत हो ।