image
image

माटोको भाँडा किन्नेको घुइँचो

काठमाडौँ  १७ कात्तिक । लक्ष्मी पूजा अर्थात दिपावली पर्वको अवसर पारेर राजविराजको हटिया बजारमा माटोको दियोसहितको सरसामान किन्नेको घुइँचो लागेको छ । हिजोआज बजारमा माटोको भाँडादेखि लक्ष्मी पूजाका लागि विभिन्न सरसामान किन्नेको चहलपहल बढेको देखिन्छ ।


माटोको भाँडा खासगरी कुमाल जातिले बनाउने गर्छन्, माटोको मूर्ति, पाला, अति नै शुद्ध हुने भएकाले यसको बिक्रीबितरणमा वृद्धि भएको हनुमाननगरका कुमाल रामकुमार पण्डितले बताए। प्रायःजसो पूजापाठमा माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले माटोको भाँडो लक्ष्मी पूजामा प्रयोग गर्नेको सङ्ख्या यतिखेर बढ्ने गरेको उनले बताए ।

चाडपर्व नजिकिँदै गर्दा ठाउँठाउँमा माटोको भाँडा, फलफुल, विभिन्न मूर्ति र माटोको भाँडामा ढकनी, दीप, घैँलोलगायतका खरिदबिक्री भइरहेको व्यापारी बताउँछन् । जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगर, रुपनी, बोदेबरसाइनलगायतका विभिन्न ग्रामीण बजारमा पनि सुनदेखि नूनसम्मको सामान किनमेल भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।