image
image

चीनको अघोषित नाकाबन्दीका कारण तातोपानी नाकामै अड्कियो रासायनिक मल

काठमाडौँ, १७, कात्तिक। झन्डै डेढ महिनादेखि नेपाल–चीन सीमा नाका तातोपानीमा रासायनिक मल अड्किदा नेपालमा मलको हाहाकार हुने भएको छ । कोभिड–१९ को जोखिमका कारण चीनले सो नाकाको ढुवानीमा थप कडाई गर्दा मल आयात हुन सकेको छैन् ।

चीनबाट ल्याउने भनिएको १० हजार मेट्रिक टन युरिया र ५ हजार मेट्रिक टन डीएपी मल नाकामा गरिएको कडाईका कारण आउन सकेको छैन् । यसअघि रासायनिक मल ढुवानीका लागि नाकामा केही सहज गर्न चीनिँया पक्ष लचक देखिए पनि तातोपानी नाका अझै खुलेको छैन् ।

अहिले नेपालमा कोरोना महामारीको जोखिम कम हुँदै गएर सबै क्षेत्र चलायमान छ । तर, पनि तातोपानी नाका हुँदै नेपाल आयात हुने वस्तुको ढुवानी असहज हुनुलाई धेरैले चिनिँया पक्षको ‘अघोषित नाकाबन्दी’ भन्ने गरेका छन् ।

देशभर गहुँ खेतीको सिजन सुरु भइसकेको छ । यो बेला युरियाभन्दा डीएपी मलको बढी माग हुन्छ । तर, मल ल्याउने बिषयमा भने कृषि तथा पशुपन्छी विकास मन्त्रालय उदासीन देखिएको छ । कृषि मन्त्री महिन्द्र राय यादवले मन्त्रालय सम्हालेको तीन साता बित्यो । तर, उनी मल अभाव र किसानका समस्यालाई पर राखेर आफ्ना कार्यकर्ता भेटघाट र बधाई लिनै भ्याइ नभ्याई छ ।

धान, गहुँ, मकै र उखु खेतीका लागि बार्षिक झन्डै ९० हजार मेट्रिक टन डीएपी मल मात्रै आवश्यक पर्ने सरकारी आंकडा छ । तर, अहिले कृषि सामग्री कम्पनीको गोदाममा कत्ति पनि डीएपी मल छैन् ।कृषि सामग्री कम्पनीका विभागीय प्रमुख राजेन्द्रबहादुर कार्की भारतबाट खरिद प्रक्रियामार्फत आउने मल पनि आएको छैन’ उनी भन्छन, ‘यता, चीनले कोरोनाको बहाना बनाएर अघोषित नाकाबन्दी गरेको छ । यसले पनि चीनबाट आउने १५ हजार मेट्रिक टन मल आउन पाएन ।’

१५ हजार मेट्रिक टनमध्ये हालसम्म १५ सय मेट्रिक टन मल मात्रै सो नाका हुँदै आएको उनले बताए । चीनबाट ल्याइने सो मल काठमाडौं उपत्यकाका तीन जिल्लासहित धादिङ, दोलखा, काभ्रे, सिन्धुलीलगायतका जिल्लामा वितरण हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।