image
image

बेलायतमा ४० हजार बढी कोरोना सङ्क्रमित

काठमाडैँ, १७, कात्तिक । बेलायतमा गएको २४ घन्टायता ४० हजार ७७ जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् । यो समेतगरी यहाँ भाइरसका सङ्क्रमितको संख्या ९० लाख ९७ हजार पुगेको छ । गएको २४ घन्टामा यहाँ कोरोनाबाट ४० जनाको मृत्यु भएको छ । यो समेतगरी यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ६७२ पुगेको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यतिखेर यस भाइरसबाट सङ्क्रमितहरु कम्तीमा पनि ९ हजार जना अस्पतालमा रहेका बताएका छन् । बेलायतमा पछिल्ला केही हप्तायता कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।