कस्तो रहला आजको मौसम, यी स्थानमा हिमपातको सम्भावना
काठमाडौँ, १७, कात्तिक । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हिमपातको सम्भावना रहेको छ । मौसमविद् मञ्जु वासीका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड र हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । हल्का तथा छिटपुट वर्षा भए पनि मध्यम वा ठूलो वर्षा गराउने कुनै मौसमी प्रणाली छैन, मौसमविद् मञ्जु भन्छिन् ।
तापक्रम भने केही घट्दै गएको छ । आज बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ११।५ डिग्री सेल्सियस रहेको छ । हिजो बिहान ६ बजे काठमाडौंको तापक्रम ११।८ डिग्री सेल्सियस रहेको थियो ।
विस्तारै तापक्रम घट्दै जाँदैछ । एकैपटक घट्दैन, विस्तारै विस्तारै तापक्रम घट्दै छ । दिनको एक डिग्री वा केही पोइन्टमा तापक्रम घटिरहेको छ, उनी भन्छिन् ।
काठमाडौंमा आज दिउँसो तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म रहने छ । बादल लाग्ने र घाम लाग्ने क्रम चलिरहने उनले जानकारी दिइन् ।