तिहारमा देशभर बिजुलीको अभाव हुँदैनः कुलमान घिसिङ
काठमाडौँ, १६, कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बिजुलीको कुनै पनि अभाव नहुने बताउनुभएको छ । उहाँले माग अनुसारको बिजुली आपूर्ति गर्न प्राधिकरण तयार रहेको बताउनुभएको हो ।
तिहारको लक्ष्मी पुजाका दिनमा पिक डिमान्ड हुनेभन्दा बढी विजुली उपलब्ध रहेको बताउदै घिसिङले भन्नुभयो,‘‘हामी तिहारमा जति माग आए पनि कम्फर्टेबल छौं, विजुली अभाव भएर कतै विजुली काट्नु पर्ने अवस्था आउँदैन ।
कतै प्राविधिक रुपमा वितरण तथा प्रसारणलाइनमा समस्या आएर केही समय विजुली काटिनेबाहेक लोडका कारण विजुली काट्नु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । उहाँको अनुसार यो वर्ष तिहारमा १ हजार २७० मेगावाट विजुलीको माग हुने अनुमान छ । तर, प्राकिरणले १३५० मेगावाटसम्म पनि विजुलीको माग धान्न गाह्रो नपर्ने घिसिङले बताउनुभयो ।