image
image

हेटौंडाबाटै श्रम स्वीकृति गर्न व्यवस्था मिलाउँने मन्त्री श्रेष्ठको प्रतिवद्धता

काठमाडौँ, १६, कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले हेटौंडाबाटै श्रमस्वीकृति लिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

मंगलबार श्रम तथा रोजगार कार्यालय हेटौंडाको अनुगमन गर्न आइपुगेका मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका लागि हेटौंडाबाटै श्रमस्वीकृति लिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

अब बैदेशिक रोजगारीमा जानेहरूका लागि देशका अरू ठाउँबाट जसरी श्रम स्वीकृति लिने काम हेटौंडाकै कार्यालयबाट गर्ने व्यवस्था मिलाइनेछ, मन्त्री श्रेष्ठले भने, ‘देशका बुटबल, जनकपुर, पोखरा, धनगढी लगायतका ठाउँबाट झैं यहाँबाट पनि अब श्रम स्वीकृतिको व्यवस्था गरिनेछ। 

मन्त्री श्रेष्ठले स्थानीय तहलाई संघीयताको अनुभूति हुने गरी सहकार्य गर्दै आफ्नो मन्त्रालयले काम गर्ने बताए। श्रेष्ठले श्रम कार्यालय, हेटौंडाको समस्याबारे जानकारी लिँदै प्रदेशको राजधानीमा पहिलेको पूर्वाधार र कर्मचारी संरचनाले मात्रै नपुग्ने भएकाले यसको विकासका लागि आफूले सकेको गर्ने पनि बताए।

उनले आफूले गर्न नसक्ने कुरा नबोल्ने बताउँदै अहिले वैदेशिक रोजगार, सामाजिक कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायतका विभिन्न कार्यक्रमका विषयमा भएका समस्या समाधानका लागि आफू लागिपर्ने बताए। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।