image
image

डिभी खुलेपछि पासपोर्ट बनाउनेको भीड,  एकै दिन यति धेरैले दिए आवेदन

काठमाडौँ १५ कात्तिक ।देशका विभिन्न जिल्लामा दशैँ पछि राहदानी विभागमा हिजोआज पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको छ । पछिल्लो समय डिभी चिट्ठा भर्नका लागि पासपोर्ट अनिवार्य भएकाले पनि पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको हो । यसरि अनिवार्य भएपछि नागरिकताको प्रतिलिपि बनाउने मध्ये धेरैले पासपोर्ट बनाउन आवेदन दिने गरेको पनि पाईएको छ ।

नारायणहिटी दरबार संग्रहालयस्थित राहदानी विभागमा विभागमा हिजोआज दैनिक तीन हजारसम्मको हाराहारीमा निवेदन परिरहेको महानिर्देशक डोरनाथ अर्यालले बताए।  पासपोर्ट बनाउन आउनेहरू ७०/८० प्रतिशत डिभी भर्नेहरू भएको उहाँको भनाई छ । डिभी फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरण भर्नुपर्छ, पासपोर्ट पनि म्यादसहितको हुनुपर्छ।

यस अघि दैनिक पाँच सय जना आउने गरेकोमा अहिले ५ हजार जना सम्म आइरहेका छन्। आइतबार पाँच हजार निवेदन परेको बताईएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।