आज निको हुने भन्दा संक्रमित बढी, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ १५ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ५ सय ३३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज ४ सय ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९२ हजार २ सय ७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ९९ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।