उपत्यकामा यो तिहारमा देउसी–भैलो खेल्न दिने तयारी
काठमाडौँ १५ कात्तिक । सरकारले यसवर्षको तिहारमा देउसी-भैलो खेल्न दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनस्वास्थ्यका मापदण्ड पालना गरेर यसवर्षको तिहारमा देउसी भैलो-खेल्न दिने तयारी गरेको हो । कोरोना महामारीका कारण गत वर्ष देउसी भैलो खेल्न रोक लगाइएको थियो ।
देउसी भैलो खेल्न दिनेबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर औपचारिक निर्णय गरिने जनाइएको छ । अहिले कोरोना संक्रमणदरमा कमी आएकाले यसवर्षको तिहारमा देउसी भैलो खेल्न दिनेमा उपत्यकाका तीन प्रशासन कार्यालय सकारात्मक देखिएका छन् ।