image
image

वर्षा र बाढीले औद्योगिक क्षेत्रमा दुई अर्बभन्दा बढीको क्षति

काठमाडौँ १५ कात्तिक । अप्रत्यासित बदलावका कारण यही कात्तिक १ देखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीबाट सुनसरी–मोरङ, विराटनगर–कटहरी औद्योगिक करिडोरका उत्पादनमूलक उद्योग प्रतिष्ठानमा नराम्रो गरी प्रभाव परेको छ । बाढीपछि तत्काल उद्योग सङ्गठन मोरङले पहलकदमी लिई स्थलगत अवलोकन तथा अनलाईनमार्फत तथ्याङ्क सकलन गरेको थियो । सङ्गठनमा आबद्ध उद्यमीसँग विवरण माग गरिएकामा ४१ प्रभावित उद्योगबाट विवरण प्राप्त भएको छ । त्यसमा ४१ उद्योगमा रु दुई अर्ब ४७ करोड ८९ लाख आठ हजार बराबरको क्षति भएको जनाएको छ ।

सोमध्ये मेशिन औजारमा रु ९८ करोड १७ लाख १८ हजार, कच्चा मालवस्तुमा रु ७१ करोड २५ लाख ७० हजार, तयारी वस्तुमा रु ७६ करोड चार लाख पाँच हजार र सरसफाइ तथा फोहोर व्यवस्थापनमा रु एक करोड ७१ लाख ६५ हजार बराबरको क्षति भएको छ ।

त्यसैगरी बाढी र डुबानले उद्योग बन्द भई उत्पादन प्रक्रिया अवरुद्ध हुँदा स्थिर खर्च, प्रशासनिक खर्चलगायत खर्च, उत्पादनको औषत मूल्य तथा बजार शृङ्खला टुट्न गई थप ठूलो व्ययभार थपिएको छ । एकचालीस उद्योगको दैनिक प्रशासनिक खर्च करिब रु पाँच करोडको हाराहारीमा रहेको छ । बाढीबाट प्रभावित उद्योगमध्ये २७ उद्योग एक हप्तासम्म सञ्चालनमा आउन सकेनन् भने सात उद्योगलाई अझै दुई हप्ता लाग्ने र तीन उद्योगलाई चार हप्ता तथा चार उद्योगलाई पूर्ववत् सञ्चालनमा आउन चार हप्ताभन्दा बढी समय लाग्ने प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा बढी प्रभावित उद्योगको बूढीगङ्गा गाउँपालिका, त्यसपछि क्रमशः दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकामा रहेको पाइएको छ । विश्वव्यापी रुपमा मौसममा भएको परिर्वतन, वातावरण विनाश आदिका कारण बेमौसमी विपत्तिको सामना गर्नु परिरहेको अवस्थामा कात्तिकमा अप्रत्यासित रुपमा पानी पर्नु, केही घण्टाको वर्षाले यो तहको क्षति तथा विनाश गर्नु पक्कै पनि प्राकृतिक मात्र नभएर मानव श्रृर्जित समस्या भएको प्रतिवेदनमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।