image
image

वाणिज्य बैंकमा भारि संख्यामा कर्मचारीको माग, सहायकदेखि वरिष्ठ प्रबन्धक बन्ने अवसर

काठमाडौँ १४ कात्तिक । राष्ट्रिय  वाणिज्य बैंकमा भारि संख्यामा कर्मचारीको माग गरिएको छ ।बैंकले विभिन्न पदमा  ८१४ कर्मचारी दरखास्त आह्वान गरेको हो ।

बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको छ । उक्त सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट ५ मंसिरभित्र अनलाइन फाराम भर्न सक्नेछन् ।

बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ ।  वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो  संख्यामा कर्मचारी मागेको हो ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।