image
image

 ४ अर्ब ८ करोड रूपैयाँको ल्यापटप भित्रियो

काठमाडौँ, १४, कात्तिक । चालू आर्थिक वर्ष २०७८र७९ को बितेका तीन महिनामा ४ अर्ब ८ करोड रूपैयाँभन्दा बढीको ल्यापटप नेपाल भित्रिएको छ । गत आवको तुलनामा चालू आवको सो अवधिमा ल्यापटप तथा नोटबुकको आयात दोब्बरले वृद्धि भएको छ ।

चालू वर्षको बितेका तीन महिनामा ल्यापटपको आयात १६१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा यो आवको सो अवधिमा ल्यापटप आयात २ अर्ब रूपैयाँभन्दा बढीको भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको बितेका तीन महिना साउनदेखि असोज मसान्तसम्ममा ४ अर्ब ८ करोड रूपैयाँको ल्यापटप तथा नोटबुक आयात भएको छ । कोरोना महामारिको प्रभावले लामो समय विद्यालय र कलेजहरू बन्द भई अनलाइन कक्षा सञ्चालन भएका कारण पछिल्लो समय नेपाली बजारमा ल्यापटपको माग अत्यधिक बढेपछि आयात पनि ह्वात्तै बढेको हो ।

विभागका अनुसार गत आर्थिक वर्षको यही अवधिमा जम्मा १ अर्ब ५६ करोड रूपैयाँको मात्र ल्यापटप आयात भएको थियो । मूल्यमा मात्र नभएर अहिले संख्यामा पनि ल्यापटप आयात दोब्बरले वृद्धि भएको छ । गत आवमा २९ हजार १ सय ८ थान ल्यापटप नेपाल आयात भएकोमा चालू आवको बितेका तीन महिनाको अवधिमा ७४ हजार ५ सय १० थान ल्यापटप आयात भएको छ ।

गत असोज महिनामा मात्र झन्डै १ अर्ब रूपैयाँभन्दा बढिको ल्यापटप आयात भएको छ । नेपालमा २०७६ सालको चैत महिनामा सर्वप्रथम देखिएको कोरोना भाइरस संक्रमण र त्यसयता महामारी सुरु भएसँगै ल्यापटप र मोबाइलको माग ह्वात्तै बढेको थियो । सोही बेलादेखि निरन्तर माग बढेपछि नेपाली बजारमा आयात पनि बढिरहेको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार सो अवधिमा ल्यापटप र नोटबुक मात्र नभएर विभिन्न ब्रान्ड र मोडलका नयाँ मोबाइलको आयात पनि निकै बढेको छ । यो अवधिमा यस्ता सामानको आयात ५४ प्रतिशतले बढेको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको बितेका तीन महिनाको अवधिमा १७ अर्ब १७ करोड रूपैयाँको मोबाइल आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६ अर्ब रूपैयाँले बढी हो । गत आवमा जम्मा ११ अर्ब रूपैयाँको मात्र मोबाइल आयात भएको थियो । यस अवधिमा स्मार्ट फोनको आयात ५४ प्रतिशतले बढ्ेको विभागको तथ्यांकमा उल्लेख छ । मूल्यमा मात्र होइन, संख्यामा पनि ल्यापटप आयात दोब्बरले वृद्धि भएको विभागले जनाएको छ ।

अहिले प्रायः सबै विषयमा व्यावहारिक अंक समावेश हुने हुनाले विद्यार्थीले प्रोजेक्ट वर्क पनि ल्यापटप वा कम्प्युटरकै सहारामा बनाउनुपर्ने हुन्छ । अझ गत वर्षदेखि कोरोनाका कारण भौतिक रूपमा काम गर्न नसकिएको र लामो समय मुलुक लकडाउ तथा निशेधाज्ञा भएपछि त ‘वर्क फ्रम होम’ तथा अनलाइन कक्षाका कारण अधिकांशले चाहेर वा नचाहेर पनि ल्यापटप, कम्प्युटर वा नसके स्मार्टफोन सम्म भए पनि जोडेर इन्टरनेट कनेक्सन लिएर आफ्नो काम र पढाइलाई अघि बढाउन बाध्य भएका थिए । सोही कारण पनि अहिले विगतका वर्षको भन्दा धेरै ल्यापटप र मोबाइल फोन आयात भएको विभागले जनाएको छ ।

भन्सार विभागले अद्यावधिक गरेको चालू आवको बितेका तीन महिनाको तथ्यांकअनुसार मुलुकको वैदेशिक व्यापारको अवस्थाबाट यस्तो देखिएको हो । यस अवधिमा सबैभन्दा धेरै ल्यापटप र स्मार्ट फोन छिमेकी मुलुक चीनबाट भित्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।