असोजमा मात्रै यति धेरैले लिए श्रम स्वीकृति
काठमाडौँ १३ कात्तिक । कोरोना महामारीले विश्व नै आक्रान्त भईरहेका बेला पनि विदेश जानेको संख्यामा कमी आएको छैन । रोग भन्दा ठुलो भोक भने झै नेपालमा चाडपर्वको समयमा पनि काम गर्न विदेश जानको लागि झण्डै ४० हजार नेपालीले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार ३७ हजार दुई सय ८ पुरुष र २ हजार ४ सय ६३ महिला गरि ३९ हजार ६ सय ७१ जनाले श्रम स्वीकृति लिएका हुन् । यीमध्ये २७ हजार ८ सय २४ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।
त्यस्तै असोजमा साउदीमा मात्रै १३ हजार तीन सय ५४ जना गएका छन् । यस्तै कतार जानको लागि ७ हजार ९ सय ६ र यूएईमा जान ४ हजार ३ सय ५९ जनाले श्रम स्वीकृति लिएका छन् । यता मलेसियामा भने कोरोना महामारीपछि नेपालबाट श्रमिक जान पाएका छैनन् ।