बढ्यो चिसो, केही भेगमा हिमपातको सम्भावना
काठमाडौँ १३ कात्तिक । मुलुकका केही भेगमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना देखिएको छ। चिसो बढेसँगै हिमाली तथा उच्च पहाडी भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी भूभागका एक–दुई स्थानहरूमा हल्का वर्षा हिमपात हुने देखिएको छ। महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना देखिन्छ।
मुलुकका पहाडी भूभागमा शनिबारको मौसममा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
हल्का हिमपातको सम्भावना रहेको क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा सावधानी अपनाउन मौसमविद्ले आग्रहसमेत गरेका छन्।