image
image

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ १३ कात्तिक । मौसम पूर्वानुमान महाशाखाका अनसार आगामी तीन दिन  देशका पहाडी भागका एक वा दुई स्थानहरुमा  हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा  हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

शनिबार देशको पहाडी भागमा आंशिक बदली  रही वाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राती देशको पहाडी भागमा आंशिक बदली  रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आईतबार प्रदेश १ , बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आशिकदेखि सामान्य बदली र बाँकी भागमा आंशिक बदली  रहने छ। प्रदेश १ , बाग्मति प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 सोमबार प्रदेश १ , बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आशिकदेखि सामान्य बदली र बाँकी भागमा आंशिक बदली  रहने छ। प्रदेश १ , बाग्मति प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
       
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।