image
image

आज पनि संक्रमित भन्दा निको हुने बढी, यस्तो छ पछिल्लो विवरण

काठमाडौँ १२ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ५ सय ४९ जना संक्रमित थपिएका छन् । यो सँगै कूल संक्रमितको संख्या ८ लाख ११ हजार ८ सय ९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ५ सय ६९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९० हजार ३ सय ५८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ७ सय ४६ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।