अदालतभित्रै वकिलहरूबीच कुटाकुट
काठमाडौँ कात्तिक १२ । नेपाल बार एसोसिएसनमा एक कानुन व्यवसायीले अर्को कानुन व्यवसायमाथि हातपात गरेका छन्। भित्र एसोसिएसनको बैठक चलिरहँदा आज बाहिर त्यस्तो घटना भएको हो।
अधिवक्ता भूमिनन्द चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहेका थिए। त्यहीबेला अधिवक्ता विराट न्यौपानेले न्यायालय विरुद्ध किन बोलेको भन्दै उनीमाथि हातपात गरेका हुन्।
हातपातका क्रममा द्वन्द्वकालका मुद्दा किन हेरेको समेत भनेर गनली गरेको अधिवक्ता चुडालले बताए। उनले यस घटनाविरुद्ध कानुनी प्रक्रियामा जाने बताए।