image
image

यी हुन् अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूत

काठमाडौँ ११ कात्तिक । यी हुन् अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतसरकारले अमेरिका, बेलायत र भारतको लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन देशमा रिक्त राजदूत नियुक्तिको सिफारिस गरेको हो । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले दिएको जानकारी अनुसार भारतको लागि डा. शंकर शर्मा, अमेरिकाको लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई नियुक्तिको लागि सिफारिस गर्ने निर्णय भएको हो ।

डा. शर्मा यसअघि अमेरिकाको लागि राजदूत भइसकेका छन । श्रीधर खत्री परराष्ट्र मामला विज्ञ र राजनीतिशास्त्रको प्राध्यापक हुन् ।  आचार्य संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन् । सरकारले केही समय अघि परराष्ट्र मन्त्रालयका करिअर राजदूत बाहेक सबैलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।