image
image

रोग भन्दा ठूलो भोक,असोजमा मात्रै यति धेरैले लिए श्रम स्वीकृति 

काठमाडौँ ११ कात्तिक । कोरोना महामारीले विश्व नै आक्रान्त भईरहेका बेला पनि विदेश जानेको संख्यामा कमी आएको छैन । रोग भन्दा ठुलो भोक भने झै नेपालमा चाडपर्वको समयमा पनि काम गर्न विदेश जानको लागि झण्डै ४० हजार नेपालीले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार ३७ हजार दुई सय ८ पुरुष र २ हजार ४ सय ६३ महिला गरि ३९ हजार ६ सय ७१ जनाले श्रम स्वीकृति लिएका हुन् । यीमध्ये २७ हजार ८ सय २४ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।

त्यस्तै असोजमा साउदीमा मात्रै १३ हजार तीन सय ५४ जना गएका छन् । यस्तै कतार जानको लागि ७ हजार ९ सय ६ र यूएईमा जान ४ हजार ३ सय ५९ जनाले श्रम स्वीकृति लिएका छन् । यता मलेसियामा भने कोरोना महामारीपछि नेपालबाट श्रमिक जान पाएका छैनन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।