महाकालीमा डुंगा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता
कामठाडौँ, ११, कात्तिक । महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् ।
यस्तै, शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
महाकाली नदीस्थित शिवनाथ–१, खाँडघाटमा बुधबार साँझ १० जना सवार डुंगा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेलापरेको प्रहरीले जनाएको छ । बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
डुंगामा सवार अन्य आठजना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीका शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा स्थानीय भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुंगाको सहायताले जाने गर्छन् । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।