image
image

दैनिक एक हजार श्रमिक विदेसिँदै

काठमाडौँ, ११, कात्तिक । कोरोना महामारीका कारण शून्यमा झरेको वैदेशिक रोजगारी लयमा फर्कन थालेको छ । दसैँपछि वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढेको छ । वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता कमल ज्ञवालीले वैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढिरहेको बताउनु भयो । उनका अनुसार विदेशबाट नेपाली कामदारको माग बढ्न थालेपछि श्रम स्वीकृति लिने र वैदेशिक रोजगारीका लागि उड्नेको संख्या बढ्न थालेको हो ।

विभागले मातहतका ७ वटा कार्यालयमार्फत वैदेशिक रोजगार निम्ति श्रम स्वीकृति दिँदै आएको छ । जसमध्ये ६ वटा कार्यालयले पुनः श्रम स्वीकृति दिन्छन् । वैदेशिक रोजगार कार्यालय, ताहाचलले नयाँ श्रम स्वीकृति दिन्छ ।

वैदेशिक रोजगार कार्यालय, ताहाचलका अनुसार दसैँपछि दैनिक ८०० जनाले व्यक्तिगत श्रम स्वीकृति लिँदै आएका छन् । नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति, लिगलाइजेसन (स्टडी भिसामा गएका नेपालीले वर्क परमिट पाएपछि कामदार भिसा लिने प्रक्रिया) र विदेशमा भएका आफन्त वा साथीले पठाउने भिसा समेत गरेर ८०० को हाराहारीमा श्रम स्वीकृति प्रदान गर्ने गरिएको छ ।

यसमध्ये दैनिक करिब ६०० जनाले कार्यालयमा भौतिक उपस्थिति भएरै स्वीकृति लिइरहेका भने २०० जनाले अनलाइनमार्फत स्वीकृति लिने गरेका छन् । साथै, संस्थागत रूपमा (मेनपावरले सीधै पठाउने) विदेश जान श्रम स्वीकृति लिनेहरूको संख्या ५००/६०० हाराहारी छ । यो संख्याले श्रम गन्तव्य मुलुकमा नेपाली कामदारको माग बढिरहेको देखाएको विभागका अधिकारीहरू बताउँछन् ।

निर्देशक ज्ञवालीले विदेशका उत्पादनमूलक उद्योगले कामदार उच्च संख्यामा मागिरहेको बताए । भने, ‘कोभिड–१९ का कारण धेरै मुलुकको उत्पादन रोकिएको रहेछ । अहिले उत्पादन प्रकृया सुरु भएसँगै कामदार माग ह्वात्तै बढेको छ ।’ दसैं बिदामा आएका कामदार समेत यतिखेर श्रम गन्तव्यमा फर्कन थालेका छन् । यो सँगै पछिल्लो समय दैनिक एक हजार जना विदेशतर्फ उड्न थालेको ज्ञवालीले बताउनु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।