image
image

सामान्य अंकले बढ्यो नेप्से, एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि  

काठमाडौँ १० कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ७८.८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको थियो ।       

त्यस्तै २२८ कम्पनीको १ करोड १५ लाख  ९२ हजार २ सय ३५ शेयर ७५ हजार ६ सय १२ पटक कारोबार भएको छ ।  आज  नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको छ । मंगलबार ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएकोे थियो ।

साथै कूल १३ समूह मध्ये   चार वटा समूह बाहेक अन्य सबै समूह बढेका छन् ।  नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीमा बेस्ट फाइनान्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ८.६८ प्रतिशतले बढेको छ ।

यता कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको आज ४३ करोड भन्दा बढीको कारोबार भएको छ ।            


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।