भूमि आयोगद्वारा जग्गा वितरणको तयारी
काठमाडौँ १० कात्तिक । राष्ट्रिय भूमि आयोगले जग्गा वितरण प्रक्रिया शुरू गर्ने तयारी गरेको छ । आयोगले आगामी माघ महिना देखि भूमिहीन दलित, भूमिहीन सुकुम्बास र अव्यवस्थित बसोबास गर्नेलाई वितरण प्रक्रिया सुरु गर्ने भएको हो ।
विघटित आयोगले ४० जिल्लामा गरेको लगत सङ्कलनका क्रममा परेको निवेदन र अन्य जिल्लामा गरी नेपालमा हाल १५ देखि १७ लाख भूमिहीन सुकुम्बासी रहेको अनुमान गरिएको छ । जग्गा वितरणका लागि अहिले आयोगले योजना तयारी गरिरहेको आयोगका आध्यक्ष केशव निरौलाले बताउनु भयो । त्यस्तै सातै प्रदेशमा सुझाव सङ्कलन गरी कार्ययोजना बन्ने उहाँको भनाई छ । सबै दल, स्थानीय तह र नागरिक समाजको प्रतिनिधित्व गराउँदै पहिचान तथा वर्गीकरण गरिनेछ ।
प्रतिऐलानी जग्गा वर्षौंदेखि भोगचलन गर्दै आएको भए राज्यलाई सीमित राजस्व बुझाएर उपलब्ध गराइने उनले बताए । अधिकार सम्पन्न आयोग भएकाले नेपालमा रहेका सुकुम्बासीहरुलाई तीन वर्षभित्र जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने गरी काम अघि बढाइएको बताउनु भयो ।