चीनबाट नेपाल आइपुग्यो थप १० लाख डोज कोरोना खोप
कामठाडौँ, १०, कात्तिक । चीनबाट थप १० लाख डोज कोरोनाविरूद्धको खोप नेपाल आइपुगेको छ। खोप शाखाका प्रमुख डा. सागर दाहालका अनुसार १० लाख डोज भेरोसेल खोप बुधबार बिहान साढे ८ बजे आइपुगेको हो।
सरकारले पछिल्लोपटक चीनबाट थप ५९ लाख डोज खोप खरिद गर्ने भनेकोमा बुधबार त्यसमध्येकै पहिलो लट खोप आएको हो। प्रमुख दाहालले अब दोस्रो लटको खोप पनि छिट्टै नै आउने जनाए।
यो खोप यसअघि भेरोसेलकै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकालाई लगाउने तयारी गरिएको छ। आज आएको खोप भेरोसेलको दोस्रो मात्रा लगाउनुपर्ने मानिसहरूमा लगाउँछौं। त्यसपछि उभ्रिएको अवस्थामा नयाँलाई लगाउन सुरू गर्छौं दाहालले भने।