चीनको एउटा शहर पुनः लकडाउनको घोषणा, के कोरोनाको अर्को लहर शुरु भएकै हो त ?
काठमाडौँ ९ कात्तिक । चीनको गाँसू प्रान्तको राजधानी लानजूमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । उक्त सहरमा कोरोना संक्रमणदर बढ्दो देखिएपछी यस्तो कदम चालिएको हो । हाल त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ ।
यद्यपी विश्वका अरु देशका तुलनामा भने चीनमा संक्रमित संख्या निकै कम छ । हिजो सोमबार सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका थिए जसमध्ये लानजूमा ६ जना भेटिएपछि सावधानी स्वरुप लकडाउन लागू गरिएको छ ।
यसअघि पनि उत्तरी चीनमा हज्जारौं मानिसलाई घरभित्रै बस्न कडा आदेश दिइसकिएको छ । चीनमा कोरोनानको ताजा संक्रमण डेल्टा भेरियन्टसँग सम्बन्धित भएको बताइएको छ ।