image
image

पाँचथर पहिरोमा बेपत्ता थप एकको शव भेटियो, मृतक संख्या ३१

काठमाडौँ, ९, कात्तिक । पाँचथरमा बाढी तथा पहिरोमा परी बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ ।

सोमबार साँझ फिदिम नगरपालिका ६ का प्रेम आलेको शव भेटिएसँगै पाँचथर जिल्लाभर ज्यान गुमाउनेको कुल संख्या ३१ पुगेको छ । पहिरोमा परेका ३ जना अझै बेपत्ता छन् ।

बेपत्ता रहेका तीनजनाको खोजीका लागि सोमबार धरानबाट नेपाल प्रहरीका तालिमप्राप्त २ वटा कुकुर मिक्लाजुङ गााउँपालिका केन्द्र रवि आइपुगेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए ।

उनका अनुसार कुकुरले मंगलबार बिहानैदेखि बेपत्ता नागरिकको खोजी गर्नेछ । तीन दिनसम्म परेको बेमौसमी झरीका कारण जिल्लामा चार सय भन्दा धेरै सर्वसाधारण विस्थापित भएको बताइएको छ । यद्यपि विस्थापित र बालीनालीमा पुगेको क्षतिको विवरण अझै संकलन भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।