गोरेलाई १० वर्ष कैद, १३ लाख क्षतिपूर्ति भराउने फैसला
काठमाडौँ ८ कात्तिक । ३३ सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती गोरेले सनम शाक्यको परिवारलाई १३ लाख बढी क्षतिपूर्ति भर्नुपर्ने भएको छ । सोमबार अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण भएको जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए ।
मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक हजार रुपैयाँका दरले जम्मा १३ लाख ११ हजार रुपैयाँ गोरेबाट सनम शाक्यको परिवारलाई क्षतिपूर्ति भराउने फैसला भएको हो । यसअघि जन्मकैद सजाय सुनाइएका गोरेको कैदमा अपहरण मुद्दाको सजाय जोडिने छैन । दुवै सजाय सँगै अघि बढ्ने भएकाले अधिकतम सजाय कायम हुने भएको छ ।