image

अमेरिकाले दिएको एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौँ, ८, कात्तिक । कोरोना भाइरस संक्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाले नेपाललाई अनुदान स्वरुप दिएको १ लाख डोज फाइजर खोप नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दुतावासका अनुसार अमेरिकाले कोभ्याक्ससुविधा माफर्त नेपाललाई १ लाख ६२० डोज अनुदानमा दिएको हो ।

खोप विहान ९ बजे कतार एयरको नियमित उडानबाट काठमाडौं ल्याइएको दूतावासले जनाएको छ ।  खोप टेकुस्थित आपूर्ति शाखामा भण्डारणका लागि राखिने जनाइएको छ । अमेरिकाले यसअघि १५ लाख डोज जोनसन एण्ड जोनसन खोप नेपाललाई अनुदानमा दिएको थियो ।

१२ वर्षमाथिका व्यक्तिहरुलाई लगाउन यो खोप कार्तिक २८ गतेबाट लगाउन शुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि नै जनाइसकेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।