image
image

वैदेशिक रोजगार विभागका महानिर्देशक काफ्लेमाथि दुर्व्यवहार  

कामठाडौँ, ८, कात्तिक । वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेमाथि कार्यकक्षमा दुर्व्यवहार भएको छ । 

आइतबार बिहान कार्यालय खुलेको केही समयमा आफुलाई सेवाग्राही भन्दै आएका श्यामबहादुर सापकोटाले महानिर्देशक काफ्लेको कार्यकक्ष प्रवेश गरी ८० लाख नेपालीलाई विदेशमा बिचल्लीमा पार्ने गोरु भन्दै गालीगलौज र अभद्र व्यवहार शुरू गरी हातपातको स्तरमा उत्रिन खोजेको विभाग स्रोतले जनाएको छ ।

महानिर्देशकको कार्यकक्षमा चर्काचर्की भएको आवाज आएपछि विभागमा रहेको प्रहरीले सापकोटालाई पक्राउ गरेको छ । सापकोटालाई कानूनी कारबाहीका लागि महानगरीय बृत नयाँ बानेश्वरको हिरासतमा राखेको विभाग स्रोतले जानकारी दिएको छ ।

विभागका प्रवक्ता कमल ज्ञवालीले घटनाक्रम हेर्दा विभागमा गुनासो लिएर आएको नभई महानिर्देशकमाथि अभद्र व्यवहार गर्ने योजनावद्ध उद्देश्यसहित आएको देखिएको बताए । 

वैदेशिक रोजगार व्यवसायीहरूले महानिर्देशक काफ्लेमाथि भएको दुर्व्यवहारको निन्दा र भत्र्सना गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले महानिर्देशकको कार्यकक्षमा प्रवेश गरी आक्रमणको प्रयास भएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको टिप्पणी गर्दै घटना निन्दनीय भएको बताए । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।