विपद्बाट प्रभावितलाई छिट्टै राहत प्याकेजको घोषणा गरिने : प्रधानमन्त्री देउवा
काठमाडौँ, ८, कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउावाले बढी पहिरोबाट प्रभावित बनेका पीडिललाई छिटो राहत प्याकेजको घोषणा गर्ने बताएका छन् ।
केही दिन अगाडि लगातार भएको बेमौसमी वर्षाका कारण आएको बढीबाट प्रभाति भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मूख्यालय पक्कली सुनसरीमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्षासँगै आएको बाढी, पहिराका कारण सुदूरपीिश्च र प्रदेश नं १ मा ठूलो जनधनको क्षति भएकाप्रति दूःख व्यक्त गरे ।
वर्तमान सरकारले विपद्बाट प्रभावित भएकाका लागि केही न केही राहतको प्याकेज घोषणा गरिसकेको र बाँकी रहेको राहत प्याकेज काठमाडौँ फर्किएपछि छिटै ल्याइने उनले विश्वास दिलाए ।
बाढीबाट अर्बौंको क्षति भएको जनाउँदै प्रधानमन्त्री देउवाले यसलाई निराकरण गर्न अल्पकालीन र दीर्घकालीन योजना नबनाइ नहुने भएकाले त्यसतर्फ पनि आफूले ध्यान केन्द्रित गरेको बताए । उनले विकास निर्माणलगायतको कार्य पछि हुँदै गर्छ तर, अहिले मानवको जीवन बचाउनु, उद्धार गर्नु, विस्थापित भएका व्यक्तिलाई स्थापित गर्नु, बसोबास नभएका व्यक्तिका लागि बसोबासको व्यवस्था गर्नु मुख्य उद्देश्य रहेको उल्लेख गरे ।