image
image

 बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते

काठमाडौँ  ७ कात्तिक  । दाङमा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य २१ जना यात्रु घाइते भएका छन् ।आइतबार बेलुका घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मोतिपुरमा बेलुका सवा ६ बजेतिर दुर्घटनामा पर्दा सडकदेखि तल खसेर उत्तानो परेको थियो ।


मोतिपुरको ओरालोमा बस सडकबाट खसेको थियो ।इलाका प्रहरी तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालकाअनुसार बसले च्यापिएर अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो । घाइते यात्रुले निकै पुरानो बस भएका कारण ब्रेकले काम नगरेर दुर्घटनामा परेको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।