image
image

उत्खनन र टापुका कारण बाढीको जोखिम बढ्दै 

काठमाडौँ  ७ कात्तिक । यही कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह निकै बढ्यो । कर्णाली नदीसँग जोडिएका बस्तीमा आएको बाढीले हजारौँ परिवार विस्थापित मात्रै भएनन्, राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजा पनि प्रभावित भयो ।

वर्षेनी कर्णाली नदीको त्रासमा बसेका पूर्वी कैलालीका नागरिकलाई राष्ट्रिय गौरवको आयोजनाको काम सुरु भएपछि बाढी र डुबानको छुटकारा पाइएला भन्ने ठूलो आशा थियो । त्यो आशालाई गौरवको आयोजनाले पनि पूरा गर्न सकेन । टीकापुर नगरपालिका–२ का जीतराम चौधरीले बाढी र डुबानका मुख्य कारण स्थानीय सरकार भएको बताउनुभयो । उहाँले स्थानीय तहले मापदण्डविपरीत नदीजन्य पदार्थको दोहन गर्न लगाएका कारण बाढी र डुबानको समस्या मात्रै नभई राष्ट्रिय गौरवको आयोजनामा पनि करोडौँको क्षति पुगेको बताउनुभयो ।

नदीजन्य पदार्थको उत्खनन गर्दा तटबन्धभन्दा ५०० मिटर आसपाससम्म ध्यान दिनुपर्छ । तर त्यो पद्धतिको कार्यान्वयन नत ठेक्का लिनेले गरेका छन् न त, ठेक्का दिने निकायले नै । कर्णाली नदीको बर्दिया क्षेत्रमा कटान र डुबान कम हुने गरेको छ । त्यहाँको केही भाग राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले उक्त क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन गर्न पाइँदैन । अर्को कैलालीको क्षेत्र जस्तो सहजरूपमा उत्खनन हुने ठाउँ पनि सो क्षेत्रमा छैन । त्यसकारण पनि कैलाली क्षेत्रको भाग बढी जोखिममा पर्ने गरेको छ । 

कर्णाली नदीको चिसापानी पुलदेखि हुलाकी राजमार्गअन्तर्गतको सत्ती पुलसम्म सयौँ टापु बनेका छन् । केही टापु जङ्गलकारुपमा समेत परिणत भएका छन् भने त्यसका कारण नदीले सहज निकास नपाउँदा त्यसको असर बर्सात्मा पर्ने गरेको राष्ट्रिय गौरवको आयोजनाको बुझाइ छ । 

“आयोजनाको ठूलो क्षति भने पनि मूल नहरमै हो । त्यहाँ बढी क्षति भएको छ । अन्य विभिन्न ठाउँमा सात वटा च्यानल बाढीका कारण फोड्नुपरेको छ”, आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “अहिले आयोजनाका कारण स्थानीयवासीको घरबारी डुबानमा प¥र्यो भन्नु पनि गलत हो । बरु काम सम्पन्न हुन नसकेका अवस्थामा आयोजनाले क्षतिलाई कम गर्न नसकेको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।