image
image

साताको पहिलो कारोबारको दिन सेयर बजारमा चमक

काठमाडौँ, ७, कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा चमक आएको छ । आज नेप्से परिसूचक २६ दशमलव ९६ अंकले बढेर दुई हजार पाँच सय ८३ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज दुई सय २५ कम्पनीको दुई अर्ब ७७ करोड ३४ लाख बराबरको कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन् । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आइसीएफसी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको १५ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ ।

व्यापार समूहको सूचकमाबाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको सूचकमा चार प्रतिशतभन्दा बढीको सुधार भएको छ भने अन्य समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार भएको छ बाँकी सबै समूहको सूचकमा शून्यदेखि एक प्रतिशतसम्मको सुधार आएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कम्पनीमध्ये बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी कम्पनीको सेयरमुल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, आज मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले धेरै नेक्सानी ब्यहोरेका छन् । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।