image
image

५ ओटा कम्पनीमा उच्च खरीद माग, कुनको कति ?  

काठमाडौँ, ७, कात्तिक । साताको पहिलो कारोबार दिन आज आइतबार बजार खुलेको दुई घण्टाको अवधिमा ५ ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । उक्त अवधिमा कारोबारमा आएका २१८ ओटा कम्पनी मध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको हो । 

मेगा बैंक, वेष्ट फाइनान्स, एनआईसी एशिया ब्यालेन्स फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम(२ र ग्लोबल आइएमई समुन्नत स्किम(१ को इकाईमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा कम्पनी मध्ये सबैभन्दा बढी मेगा बैंकको ९ लाख ४१ हजार ५८ कित्ता शेयर खरीद माग रहेको छ । 


त्यसैगरी वेष्ट फाइनान्सको १ लाख ६० हजार ५५२ कित्ता, एनआईसी एशिया ब्यालेन्स फण्डको(१ लाख ५९ हजार ५१३ इकाई, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको–१ लाख ५३ हजार ५१३ र ग्लोबल आइएमई समुन्नत स्किम(१ को १ लाख ४४ हजार ८५० इकाई खरीद माग रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।