image
image

पहिलो त्रैमासमा ६३ अर्ब ७४ करोड रुपैयाँले निक्षेप बढ्यो तर ऋण २ खर्ब ७८ अर्ब रुपैयाँ

काठमाडौँ, ७, कात्तिक । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको निक्षेप ६३ अर्ब रुपैयाँ ७४ करोड रुपैयाँले बढ्दा ऋण भने २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले वृद्धि भएको छ । असार मसान्तको तुलनामा असोज मसान्तसम्म ऋण साढे सात प्रतिशतले बढेको छ, गत वर्ष सोही अवधिको तुलनामा ५० प्रतिशतले बैंकको ऋण बढेको छ तर निक्षेप भने असारको तुलनामा जम्मा साढे १ प्रतिशतले मात्र बढेको छ । 

नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार अहिले कर्जा– निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्छ । यसअघि कर्जा –स्रोत ९निक्षेप र प्राथमिक पुँजी योग०को ८० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था थियो । कर्जा –निक्षेप अनुपातसम्बन्धी नयाँ व्यवस्थासँगै अहिले बैंकहरूमा लगानीयोग्य पुँजीको अभाव भएको छ । दोस्रो त्रैमासदेखि बैंकहरूको ऋणविस्तार नगन्य छ । 

पहिलो त्रैमासमा सबैभन्दा बढी ऋण विस्तार गर्नेमा ग्लोबल बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । यिनीहरूले क्रमशः २३ अर्ब २० करोड रुपैयाँ, १६ अर्ब ४८ करोड रुपैयाँ, १५ अर्ब ४० करोड रुपैयाँ ऋण विस्तार गरेका छन् । १३ बैंकको ऋण विस्तार १० अर्ब रुपैयाँभन्दा बढी छ भने मेगा, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु, सिभिल र नेपाल बंगलादेश बैंकको ऋण विस्तार ५ अर्ब रुपैयाँभन्दा कम छ । 

त्यस्तै, पहिलो त्रैमासमा १० अर्ब रुपैयाँभन्दा धेरै निक्षेप संकलन गर्नेमा सनराइन बैंकले २१ अर्ब ९० करोड रुपैयाँ, सानिमा बैंकले १३ अर्ब ६ करोड रुपैयाँ, एनसीसी बैंकले ११ अर्ब ४० करोड रुपैयाँ, एनआइसी एसियाले ११ अर्ब १९ करोड रुपैयाँ र नबिल बैंकले १० अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । २७ वाणिज्य बैंकमध्ये आठओटा बैंकको निक्षेप पहिलो त्रैमासमा घटेको छ । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बंगलादेश बैंक, ग्लोबल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक र सेञ्चुरी बैंकको निक्षेप असारको तुलनामा असोजमा अझै घटेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।