तिहारमा १८ लाख ५० हजार मालाको माग
काठमाडौँ, ७, कात्तिक । नेपालीहरुको दशैँ पछिको दोस्रो ठूलो चाडका रुपमा लिईने तिहार नजिकिँदै गर्दा बत्ती र फूल घरको वरिपरी लगाई झिलिमिली बनाई रमाईलो गर्ने चाडका रुपमा लिईने यो पर्वमा फूल भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।
स्वदेशीमा भएको फुल उत्पादनले नधानेपछि यस वर्ष तिहारका लागि ५० हजार बढी सयपत्री फूलको माला भारतबाट आयात हुने भएको छ । केही दिन अघिको लगातार भएको बेमौसमी वर्षाको कारणले यति धेरै फुल आयात गर्नुपर्ने अवस्था आएको हो ।
स्वदेशी उत्पादन टिप्ने बेलाको फूल बेमौसमी वर्षाले नष्ट गरिदिएपछि भारतबाट ल्याउनैपर्ने बाध्यतामा व्यवसायीहरु पुगेका हुन् ।
प्रत्येक वर्ष फूलको माग २० प्रतिशतले बढ्दै गएको व्यवसायीहरुको तथ्यांक छ । गत वर्ष भारतबाटै २ लाख सयपत्रीका माला ल्याईएको थियो । कोरोनाका कारण तिहारमा खासै व्यापार नहुने अनुमान गरेर पुष्प खेती गर्ने उद्यमी तथा किसानहरुले यसवर्ष लगानी बढाएनन् । जसका कारण उत्पादन खुम्चियो ।
गत वर्षको भन्दा उल्लासले यसवर्ष दशैँ मनाएको हुनाले तिहार पनि त्यस्तै उल्लासमय हुने देखिएको छ । तर, स्वदेशी उत्पादनले फूलको माग पूरा गर्न नसक्ने भएको हो ।
यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग रहेको एसोसियनसल बताएको छ । योमध्ये १५ लाख ५० हजार सयपत्री र ३ लाख मखमली तथा गोदावरी फूलको मालाको माग छ ।
व्यवसायीहरुले माग बढी र उत्पादन कम भएकाले मालाको मूल्य बढ्ने पनि बताएका छन् । १ मिटर सयपत्री फूलको मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्नेछ । यसको २ वटासम्म माला बन्छ । तर, तयारी माला उपभोक्ताले खरिद गर्दा एउटाकै १२० रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ ।
पुष्प व्यवसायमार्फत अहिले दैनिक ७० लाखको कारोबार हुने गरेको छ । वार्षिक ३ अर्ब बराबरको कारोबार हुँदै आएको पुष्प व्यवसाय अहिले फस्टाउँदै पनि छ । व्यावसायिक रूपमै १५७ हेक्टर क्षेत्रफलमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।