भारतमा सलाईको मूल्य दोब्बर बढाउने निर्णय
काठमाडौँ, ७, कात्तिक । टाइम्स अफ इन्डियाका अनुसार अल इन्डिया चेम्बर अफ म्याचेजले आगामी डिसेम्बर १ देखि सलाईको मूल्य दोब्बर बढाउने निर्णय गरेको छ।
अहिले भारतमा एउटा सलाईको मूल्य १ भारू पर्छ भने डिसेम्बरदेखि बढेर २ भारू पुग्ने भएको छ । भारतमा १४ वर्षपछि सलाईको मूल्य बढ्न लागेको हो। यसअघि भारतमा सन् २००७ मा सलाईको मूल्य बढाइएको थियो, त्यतिबेला ५० पैसाबाट एक रुपैयाँ पुर्याइएको थियो।
उत्पादकहरूले सलाई बनाउन १४ वटा कच्चा पदार्थ आवश्यक पर्ने र ती सबैको मूल्य वृद्धि भएकाले सलाईको मूल्य पनि बढाउनु परेको बताएका छन्।