संक्रमणदर घटेसँगै श्रमस्वीकृति लिने संख्या १८ महिनायताकै उच्च
काठमाडौँ, ७, कात्तिक । पछिल्लो समय कोरोना संक्रमणदर घटेसँगै वैदेशिक रोजगारीमा जानका लागि श्रमस्वीकृति लिने श्रमिकको संख्या असोजमा सबै भन्दा धेरै भएको छ ।
संक्रमणका कारण करिब २ वर्ष बन्द रहेको वैदेशिक रोजगारी चालु आर्थिक वर्षको असोजको तथ्यांकले विस्तारै बढ्न थालेको हो । वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहचलले असोजको अन्तिम हप्तासम्म वैदेशिक रोजगारीमा ३६ हजार पुरुष र ४ हजार महिलाले श्रमस्वीकृति लिएको जनाएको छ । कोरोना भाइरस संक्रमण महामारी भन्दा अघिको सामान्य अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या मासिक ४० हजार युवा रोजगारीमा जाने गरेका थिए । चालु आर्थिक वर्षको असोजमा समेत वैदेशिक रोजगारीमा जानेको संख्या विगतको सामान्य अवस्थामा जस्तै पुगेको छ ।
चालु आर्थिक वर्षको साउन र भदौमा श्रमस्वीकृति लिनेको संख्या ४१ हजार ८२८ पुगेको थियो । तर असोज एक महिनामै साउन र भदौमा लिएको श्रमस्वीकृतिको संख्या भन्दा नाघेको छ । गत वर्षको असोजमा श्रमस्वीकृति लिनेको संख्या ८ हजार ९७ रहेको थियो वैदेशिक रोजगार विभागका अनुसार चालु वर्षको साउनमा २५ हजार ४२८ र भदौको तेस्रो हप्तासम्म १६ हजार ४०० र असोजमा ४० हजारले श्रमस्वीकृति लिएका छन् । यो संख्या गत आर्थिक वर्षको सुरुको ३ महिनाको दोब्बर बढी हो ।