image
image

आज देशभर कस्तो रहल मौसम,  यी स्थानमा अझै सतर्कता अपनाउन आग्रह 

काठमाडौँ ६ कात्तिक । मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । त्यस्तै महाशाखाले  सबै प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ र देशका थोरै स्थानहरुमा  मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको बताएको छ । राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ  । 

साथै हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।