अविरल वर्षाका कारण ७ अर्ब २२ करोड बराबरको धानबाली क्षति
काठमाडौँ, ६, कात्तिक । लगातार भइरहेको बेमौसमी वर्षाका कारण ७ अर्ब बढीको धानबाली क्षति भएको छ । असोज ३१ देखि लगातार भएको कारण ३ वटा प्रदेशमा ७ अर्ब २२ करोड रुपैँया बराबरको धानबली क्षति भएको कुषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेश मन्त्रालयले जनाएको विवरण अनुसार ४२ हजार ४ सय २७ क्षेत्रफलमा उत्पादन भएको १ लाख ६१ हजार २ सय २२ मेट्रिक टन धानबाली क्षति भएको छ । जसमध्ये ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । बर्दिया, कपिलबस्तु बाके, रुपन्देहीमा बढी प्रभाव परेको छ ।
त्यसैगरि सुदुरपश्चिममा १८ हजार क्षेत्रफलमा उत्पादन भएको ६८ हजार ४ सय मेट्रिक टन धानबालीमा क्षति पुगेको छ । १ अर्ब ७१ करोड रुपैयाँ बराबरको क्षति भएको छ । कैलाली र कञ्चनपुर बढी प्रभावित बनेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ ले मन्त्रालयलाई दिएको विवरण अनुसार ४९ हजार ९ सय ४४ क्षेत्रफलमा उत्पादन भएको २८ हजार ४ सय ६९ मेट्रिक टन धानबाली क्षति भएको छ । जसमा ८० करोड रुपैयाँ बराबरको क्षति भएको र झापा, मोरङ, सुनसरी बढी प्रभावित रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको विवरण अनुसार १ लाख ९८ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा लगातार भएको बेमौसमी बर्षाले असर पुर्याएको छ । लुम्बिनी ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफल, सुदुरपश्चिम ५५ हजार हेक्टर क्षेत्रफल, प्रदेश १ ४९ हजार ९ सय ४५ हेक्टर क्षेत्रफलमा असर परेको मन्त्रालयले जनाएको छ ।